लेख विवरण

एसीसी प्रिमियर कप क्रिकेट : सन्दीपको दोहोरो सफलतामा नेपालको जित

एसीसी प्रिमियर कप क्रिकेट : सन्दीपको दोहोरो सफलतामा नेपालको जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई हराएको छ । सन्दीप लामिछानेको दोहोरो शानदार प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हरायो । सन्दीपले उत्कृष्ट बलिङ गर्दै कतारका ५ खेलाडीलाई आउट गरेका थिए ।

टस हारेर व्याटिङ गरेको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको थियो ।

नेपालले व्याटिङमा गरेको खराब प्रदर्शनका कारण लगातार विकेट गुमाएको थियो । ५० ओभरको खेलमा नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमा सीमित भयो ।

नेपालका लागि दशौं नम्बरमा व्याटिङ गरेका सन्दीप लामिछानेले ५८ बलको सामना गर्दै ६ चौकाको सहयोगमा अविजित ४२ रन जोड्दा नेपालले लज्जास्पद अवस्थाबाट आफुलाई बचाएको थियो । अरु कुनै पनि ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।

ओपनर कुशल भुर्तेल २, आशिफ सेख १९, भीम सार्की ६, कप्तान रोहित पौडेल २७ , र सोमपाल कामी ११ रनमा आउट हुँदा नेपालले ६ विकेट गुमाएर कूल ८४ रन बनाएको थियो । पछि आरिफ सेख ११, गुल्सन झा ७, ललित राजवंशी १ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए ।

तर, नेपाली खेलाडीले वलिङमा राम्रो प्रदर्शन गरेपछि कतार सस्तोमा खुम्चिन बाध्य भयो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.