एसीसी प्रिमियर कप : नेपाललाई सातौं सफलता
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौं विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध फाइनल खेल खेलिरहेको नेपालका सन्दीप लामिछानेले आयन अफजल खानलाई आउट गरेसँगै सातौं सफलता हात लागेको हो ।
नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २६ ओभरको समाप्तिमा ७ विकेटको गुमाएर १०३ नर जोडेको छ ।

टिप्पणी लेख्नुहोस्