लेख विवरण

एसीसी यु–१६ खेल्ने नेपाली क्रिकेट टोली घोषणा

एसीसी यु–१६ खेल्ने नेपाली क्रिकेट टोली घोषणा

काठमाडौंँ । मलेसियामा आयोजना हुने सोह्र वर्षमुनिको एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि मंगलबार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

यहि असार ९ देखी १९ गतेसम्म हुने प्रतियोगिताको लागि चार वैकल्पिक खेलाडी सहित १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। छनोट भएका खेलाडीहरुमा दिप भुजेल, कार्तिक कामत, प्रतिक पौडेल, निरज यादव, अभिषेख तिवारी, रोशन साह, सुर्यान्शु कोइराला, आशिष लुहार, सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टराई, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट रहेका छन । वैकल्पिकतर्फ अथर्भ पौडेल, सोहिल कुँवर, सिबरिन श्रेष्ठ र रोशन बिक रहेका छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल यही असार ७ गते थाइल्यान्डसँग खेल्नेछ। समूह ‘ए’ मा रहेको नेपालको समूहमा आयोजक मलेसिया र थाइल्याण्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.