लेख विवरण

एसी मिलान पराजित

एसी मिलान पराजित

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्पेजियाले एसी मिलानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा मिलानले अग्रता जोगाउन नसक्दा स्पेजियासँग २–१ गोलले पराजित भयो ।

मिलानलाई हराउन स्पेजियाका केभिन एगुडेलो र इमानुएल ग्यासीले गोल गरे । मिलानका राफयल लियोको सुरुवाती गोल गोल सान्त्वनामा परिणत भयो । ४५औँ मिनेटमा थियो हर्नान्डेज पेनाल्टीमा चुक्दा मिलानले अग्रता लिन सकेको थिएन । तर, लगत्यै पहिलो हाफको इन्जुरी समयमा राफायल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा खेलमा फर्किएको स्पेजियाले ६४औँ मिनेटमा बराबरी गोल फर्कायो । केभिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा इमानुएलले गोल गरेपछि घरेलु टोली मिलान स्तब्ध बनेको थियो ।

हारसँगै मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको मिलानको २२ खेलबाट ४८ अंक छ । शीर्षस्थानमा रहेको इन्टर मिलानको २१ खेलबाट ५० अंक छ । मिलानलाई हराएको स्पेजिया २२ अंकसहित १४औँ स्थानमा छ ।

अन्य खेलमा नापोलीले बोलोग्नालाई २–० गोलले हराएको छ । जितसँगै तेस्रो स्थानमा रहेको नापोलीको ४६ अंक छ । पराजित बोलोग्ना २७ अंकसहित १३औँ स्थानमा छ । अर्को खेलमा फियोरेन्टिनाले जेनोआलाई ६–० गोलले पराजित गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.