लेख विवरण

एसेज सिरिजबाट बाहिरिए जोफ्रा आर्चर

एसेज सिरिजबाट बाहिरिए जोफ्रा आर्चर

काठमाडौंँ । इंग्ल्याण्ड क्रिकेट टोलीका अनुभवी फास्ट बलर जोफ्रा आर्चर २०२३ को एसेज सिरिजबाट बाहिरिएका छन् । उनी बाहिरिएको इंग्ल्याण्ड क्रिकेटले ट्वीट गर्दै पुष्टि गरेको छ ।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी) ले मंगलबार फास्ट बलर जोफ्रा आर्चर हालको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ सिजनबाट बाहिरिएपछि आगामी एशेज शृंखलामा सहभागी नहुने पुष्टि गरेको छ।

आयरल्याण्ड विरुद्धको एकमात्र टेष्टका लागि इंग्ल्यान्डको टोली घोषणा गर्दा यो खबर बाहिर आएको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.