लेख विवरण

ए डिभिजन लिगमा एनआरटी र एपीएफ क्लब विजयी

ए डिभिजन लिगमा एनआरटी र एपीएफ क्लब विजयी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले आर्मीलाई १-० गोलले हरायो । च्यासलमा भएको अर्को खेलमा एपीएफले संकटा क्लबलाई २-१ गोलले हरायो । एनआरटीको जितमा कृतिसरत्न छुन्जुले निर्णायक गोल गरे ।

छुन्जुले ७९औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । एनआरटीको यो छैटौं जित हो । एनआरटीले २१ खेलमा २६ अङ्क जोडेको छ । आर्मीको समान खेलबाट २९ अङ्क छ ।

यस्तै एपीएफको जितमा आवास लामिछानेले २५औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरे । संकटाका मनिसा डाँगीले ५०औं मिनेटमा सन्त्वना गोल गरे । जितसँगै एपीएफको २१ खेलबाट २६ अङ्क पुगेको छ । पराजित संकटाको समान खेलबाट २३ अङ्क छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.