लेख विवरण

ए डिभिजन लिगमा संकटाले एनआरटीलाई हरायो

ए डिभिजन लिगमा संकटाले एनआरटीलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो । 

जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.