लेख विवरण

ओएसिस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

ओएसिस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक ओएसिस इङलिस स्कुल ‘ए’ दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२–६, रेडिअन्ट रिडर्सलाई १४–८ र एलआरआईलाई १०–४ ले पराजित ग¥यो ।

क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासंग हुनेछ । अन्य क्वाटरफाइनल मगस र विल्सन एकेडेमी ‘बी’, रेडिअन्ट पब्लिक र रेडिअन्ट रिडर्स तथा एरिस एकेडेमी र रातो बंगला ‘ए’ बीच हुनेछ ।

सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण पूरा भएको छ । रातो बंगलाको ‘ए’ र ‘बी’ दुवै टिम सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । रातो बंगला ‘ए’ ले एनसीसीएसको सामना गर्ने छ भने रातो बंगला ‘बी’ ले राराहिल विरुद्ध खेल्ने छ ।

प्रतियोगिताको ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बूले निर्णायक विनोद महर्जनलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.