ओडिआईमा नेपालको लगातार पाँचौं जित, पिएनजीलाई ४ विकेटले हरायो
काठमाडौंँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ ।
पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।
यसअघि घरेलु मैदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।
नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेको हो ।
नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्