लेख विवरण

ओपनर खेलाडी घाइते भएपछि सुवासलाई मौका

ओपनर खेलाडी घाइते भएपछि सुवासलाई मौका

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका दुई ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइएको छ ।

आइतबार नेपाल क्रिकेट संघ ९क्यान० ले सामाजिक सञ्जालमार्फत ओपनरद्वय आसिफ र कुशल घाइते भएको पुष्टि गर्दै सुवासलाई टिममा बोलाउने निर्णय गरेको जनाएको हो ।

नेपालले अमेरिकामा घरेलु टिमसहित ओमान सम्मिलित त्रिदेशीय क्रिकेट लिग खेल्ने तालिका छ ।

नेपालले शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.