ओमानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ ।
ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।
यो समाचार तयार पार्दासम्म नेपाललले २५ ओभरमा २ विकेट गुमाउदै १ सय ९ रन बनाएर खेलीरहेको छ ।
नेपालले आज आफ्नो ५० औं एकदिवसीय खेल खेल्दैछ ।

टिप्पणी लेख्नुहोस्