ओमानविरुद्ध कुशलको अर्धसतक
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालका कुशल मल्लले अर्धसतक प्रहार गरेका छन ।
टस हारेको ब्याटिङ गरेको नेपालका लागि मल्लले ३१ बलमा ५१ रन बनाउदै अर्धसतक बनाएका हुन । एकदिवसीय क्रिकेटमा उनको यो पाचौं अर्धसतक हो । ५१ बलमा उनले ७ चौका र ४ छक्कासहित अर्धसतक पुरा गरेका हुन्।
यसअघि कुशलले नामिबिया, अमेरिका, ओमान र पपुवान्यूगिनिविरूद्ध अर्धसतक पुरा गरेका थिए। सन् २०२१ को सेप्टेम्बरमा ओमानको अलअमेरिट रंगशालामा उनले अमेरिकाविरूद्ध सर्वाधिक ८४ रनको पारी खेलेका थिए।
ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।
यो समाचार तयार पार्दासम्म नेपाललले ३० ओभरमा २ विकेट गुमाउदै १ सय ४२ रन बनाएर खेलीरहेको छ ।
नेपालले आज आफ्नो ५० औं एकदिवसीय खेल खेल्दैछ ।

टिप्पणी लेख्नुहोस्