लेख विवरण

ओलम्पिक डे स्क्वासको फाइनलमा अरहन्त सिंह र अमृत थापा भिडने

ओलम्पिक डे स्क्वासको फाइनलमा अरहन्त सिंह र अमृत थापा भिडने

काठमाडौं । अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए ।

महिला सेमिफाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई ११–२, ११–९ र १४–१२ तथा वृmष्णाले अनुभवी भावना सुनुवारलाई ४–११, ११–३, ११–३, ११–६ ले पराजित गरिन ।

यसैगरी, भेटान्स (५०वर्ष माथि)को फाइनल विनोद शाक्य व प्रवीण कंसाकारबीच हुनेछ । प्रतियोगता शनिबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.