लेख विवरण

ओलम्पिक डे स्क्वास प्रतियोगिता : चार खेलाडी सेमिफाइनलमा

ओलम्पिक डे स्क्वास प्रतियोगिता : चार खेलाडी सेमिफाइनलमा

काठमाडौँ । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६, ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३, ११–२, दीपकले उमित शाक्यलाई ८–११, ११–९, ७–११, ११–४, ११–७ तथा अमिरले प्रवीण कंसाकारलाई ११–८, ११–४, ११–४ ले हराए ।

यसैगरी, ५० वर्ष माथिको भेटरान्स एकलमा लोकेन्द्र भण्डारले रुपक ताम्राकारलाई ११–७, ११–८, ११–८, प्रवीण कंसाकारले कमल शाक्यलाई ११–२, ११–४, ११–०, दीपक अधिकारीले मनोजबहादुर श्रेष्ठलाई ११–४, ११–८, ९–११, ११–६ र विनोद शाक्यले विदुर धमलालाई ११–३, १३–११, ८–११, ११–७ ले पराजित गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.