ओलम्पियन संघले अभिमुखिकरण कार्यक्रम संचालन गर्ने
काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि दुईदिने अभिमुखिकरण कार्यक्रम संचालन गर्ने भएको छ । संघले आज एक बिज्ञप्ती जारी गरी कार्यक्रम संचालन गर्ने जनाएको हो ।
संघले ओलम्पिक खेलमा देशका लागि प्रतिनिधित्व गरिसकेका ओलम्पियनहरुलाई आफ्नो अनुभव भावी पुस्तामा हस्तान्तरण गर्नका लागि क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।
कार्यक्रम यहि बिहीवार र शुक्रवार नेपाल ओलम्पिक संघको कार्यालयमा हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ । ओलम्पियनहरुलाई पब्लिक स्पिकिङमा राजेश पाण्डे, योगा र मेडिटेसनमा पुस्कर पन्त र खेल मनोविज्ञानमा इन्द्र गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

टिप्पणी लेख्नुहोस्