लेख विवरण

कतार विश्वकपः जेठो दाई घाना र कान्छो भाई स्पेनबाट खेल्दै

कतार विश्वकपः जेठो दाई घाना र कान्छो भाई स्पेनबाट खेल्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा दुई भाई (निको र इनाकी)को जोडी अहिले चर्चित बनेको छ । कारण यी दुई भाइहरु एउटै आमा–बुबाका सन्तान भएपनि अलग अलग देशबाट खेल्नु ।

घानाको लागि विश्वकप खेलिरहेका इनाकीका भाई निकोले बुधवार कोस्टारिका बिरुद्धको खेलमा स्पेनको राष्ट्रिय टोलीबाट डेब्यु गरे ।

लाइबेरियाको गृहयुद्धबाट बच्न निको र इनाकीको परिवार शरणार्थीका रुपमा स्पेन पुगेका थिए । विलियम्स दम्पतीको दुई सन्तानका रुपमा उनीहरुकोे जन्म स्पेनमै भएको थियो । यी दुई दाजुभाई आफ्ना माता पिताको सपना पुरा गर्न लागेको बताउछन ।

स्पेनिस टोलीका युवा खेलाडी निको भन्छन, "इनाकी म भन्दा आठ बर्ष जेठो हो । उसले हाम्रो माता पिताले गरेको संर्घष देखेको छ । हाम्रो माता पिताले हामीलाई सबैकुरा दिनु भएको छ, हाम्रो लागि धेरै कुराहरु सहनु भएको छ । यस क्रममा इनाकीले पनि मलाई हरेक मोडमा मेरो सहयात्री बनेर साथ दिएको छ । र म मेरो दाईकै कारण आज याहाँ छु ।"

निको र इनाकीसँगै स्पेनिश क्लब एथलेटिक्स बिलबाओका लागि खेल्ने गर्छन । इनाकीले बिलबाओका लागि २ सय ३६ खेल खेलेका छन । उनले स्पेनिश ला लिगामा करिब ६ सिजनसम्म लगातार खेले । गत अगस्टमा खुट्टामा चोट लागेर टोली बाहिर भएपछि उनी फुटबलबाट केही समय टाँढा रहे ।

इनाकीले करिब २ सय ८६ खेलमा अहिलेसम्म ८० गोल गरेका छन् । तरपनि उनी स्पेनिश टोलीमा अटाउन सकेनन् । जसकारण इनाकी आफ्नो देश घाना फर्किए । र अर्कोतर्फ उनका भाई निको स्पेन टोलीको सदस्य बन्न सफल भए ।

निको र इनाकीका आमाबुबा ५० डिग्रीको तापमानमा करिब ४ हजार ९ सय किलोमिटर खाली खुट्टा यात्रा गरेर शरणार्थीको रुपमा स्पेन पुगेका थिए । यात्राका क्रममा इनाकी आफ्नी आमाको गर्भमा रहेका कारण उनलाई आफ्नो परिवार घानाबाट आएको थाहा थिएन । उनको उमेर करिब २० बर्ष भएपछि इनाकीकी आमाले उनलाई आफुहरु घानाबाट आएको र आफ्नो देश छोडनु पर्ने कारण बताएकी थिइन ।

कतार विश्वकप अगाडि नै इनाकीले आफु भाई बिरुद्ध खेल्न आतुर रहेको बताएका थिए । उनको यो सपना विश्वकपको लिग चरणको खेलमा सम्भव रहेको छैन ।
हामी दुई भाई कुनैदिन अलग अलग देशको टोलीको लागि खेल्नेछौं भन्ने कहिल्यै पनि कल्पना नगरेको इनाकी बताउछन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.