लेख विवरण

कतार विश्वकपः २६ सदस्यीय जर्मनीको टोली घोषणा

कतार विश्वकपः २६ सदस्यीय जर्मनीको टोली घोषणा

काठमाडौैं । सन् २०१४ को ब्राजिल विश्वकपमा च्याम्पियन बनाउन निर्णायक गोल गरेका मारियो गोट्जेलाई समेट्दै जर्मनीले २६ सदस्यीय टोली घोषणा गरेको छ । चार पटक च्याम्पियन जर्मनीले पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित हान्सी प्रशिक्षणमा दोहा पुग्दैछ । 

सन् २०१७ मा राष्ट्रिय टोलीबाट खेलेपछि गोट्जे टोली बाहिर छन् । फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध गोल गरेका मिडफिल्डर मारिओ गोट्जेसँगै अनुभवी गोलरक्षक म्यानुअल नेउर र थोमस मुलर जर्मनी टोलीमा समावेश छन् । यसैगरी युवा स्ट्राइकर युसुफा मौकोकोले टोलीमा स्थान बनाएका छन् । चोटका कारण टिमो वेर्नर र मार्को रेउस भने टोलीमा समावेश छैनन् । 

समूह इ मा रहेका जमर्नीले २३ नोभम्बरमा जापानसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । समूहमा कोस्टारिका र स्पेन पनि छन् । 

जर्मनी टोलीः 

गोलरक्षकः म्यानुयल नेउर, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप

रक्षकः आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडिगर, निको स्लोटरबेक, निकलस सुल

मिडफिल्डरः जुलियान ब्रान्ट, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगान, जोशुवा किम्मिच, जोनास हफम्यान 

स्ट्राइकरः थोमस मुलर, करीम एडेयेमी, काइ हाभट्र्ज, जमाल मुसियाला, सर्ज जिनाब्री, युसुफा मौकोको, लेरोय साने, निकलास फुलक्रुग

May be an image of text that says "2022 FIFA WORLD CUP G र R WORLD CUP E SQUAD GOALKEEPERS Manuel Neuer Marc- Andre ter Stegen Kevin Trapp MIDFIELD/ATTACK DEFENCE Karim Adeyemi Julian Brandt Niclas Füllkrug Serge Gnabry Leon Goretzka Mario Götze Ilkay Gündogan Kai Havertz Jonas Hofmann Joshua Kimmich Youssoufa Moukoko Jamal Musiala Thomas Müller Leroy Sané Armel Bella-Kotchap Matthias Ginter Christian Günter Thilo Kehrer Lukas Klostermann David Raum Antonic Rüdiger Nico Schlotterbeck Niklas Süle"
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.