कतार विश्वकप : ट्युनिसिया र फ्रान्सबीचको पहिलो हाफ गोलरहित
काठमाडौं । फिफा विश्वकप अन्तर्गत जारी ट्युनिसिया र फ्रान्सबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । एजुकेशन सिटी स्टेडियममा जारी खेलमा अफ्रिकी राष्ट्र ट्युनिसिया सुरुवाती चरणमा आत्मविश्वासी देखियो । टोलीले खेलको सुरुवाती चरणमा फ्रान्समाथी दबाब राख्न सफल भएको छ । राम्रो सुरुआत गरेको ट्युनिसियाका मिड फिल्डर नादर घान्द्रीले खेल सुरुभएको केही मिनेटमै गोल गरेका थिए । तर उक्त गोल अफसाईड भएको थियो ।
आजको खेलमा फ्रान्सले आफ्नो प्रारम्भिक ११ मा ९ परिवर्तन गरेको छ । टोलीका नियमित कप्तान ह्युगो लोरिसलाई पनि आराम दिइएको छ । टोलीको कमाण्डमा राफेल वरनले गरिरहेका रहेका छन् । फ्रान्सले आफ्ना स्टार खेलाडीको अनुपस्थितिमा धेरै आक्रमण बनाउन सकेको छैन । ट्युनिसियाले अहिलेसम्म खेलमा दबाब सिर्जना गर्न सफल भएको छ ।
समूह ‘डी’ मा रहेको फ्रान्स दुई जितसहित पहिलो स्थानमा छ । उनको छ अंक छ। फ्रान्सले यसअघि नै प्रि(क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । ट्युनिसियाको दुई खेलबाट एक अंक छ । टोलीको लागि यो खेल गर या मरको स्थितीमा रहेको छ । ट्युनिसिया आफ्नो नकआउट यात्रा जीवित राख्न यो खेल जित्नै पर्नेछ।
ट्युनिसियाको टोली : वाहबी खजरी (कप्तान) आयमेन दाहमेन (गोलकिपर), वाजदी केचरिदा, मोन्तासेर तालबी, यासिन मारिया, अली मौलौल, नादेर घन्डारी, मोहम्मद अली बेन रोमाधेने, आइसा लाइदौनी, एलिस शेइरी, एनिस स्लिमाने ।
फ्रान्सको टोली : राफेल वराने (कप्तान) स्टिभ मन्डान्डा (गोलकीपर), एक्सेल डिसासी, इब्राहिमो कोनाटे, एडुआर्डो कामभिङ्गा, युसेफ फोफाना, एउ रिलियन चौमेनी, जोर्डन भेर्टाउट, माटेओ गुएन्डोजी, किंग्सले कोमान, रान्डल कोलो मुनि।

टिप्पणी लेख्नुहोस्