लेख विवरण

कतार विश्वकप : पहिलो हाफमा नेदरल्याण्ड्स सेनेगल गोल बिहीन

कतार विश्वकप : पहिलो हाफमा नेदरल्याण्ड्स सेनेगल गोल बिहीन

काठमाडौं । कतार विश्वकपको तेस्रो खेलमा नेदरल्याण्ड्स अफ्रिकी च्याम्पियन सेनेगल गोल बिहीन भएका छन । पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल हुन सकेको छैन । समूह ए मा हरेको दुवै टोली जित्ने लक्ष्यका साथ मैदान ओर्लिएको छ । नेदरल्यान्ड्स डिफेन्स बलियो भएको टोलीको रुपमा चिनिन्छ भने सेनेगल आक्रामक खेलका लागि चिनिन्छ । स्टार स्ट्राइकर तथा कप्तान साडियो मानेको अनुपस्थितिमा सेनेगलको टोलीले खेलिरहेको छ ।

यसअघि अफ्रिकी च्याम्पियन सेनेगलले नेदरल्याण्ड्सविरुद्ध आक्रामक सुरुआत गरेको थियो । टोलीले खेलको पहिलो मिनेटमै उत्कृष्ट मुभ गर्दै नेदरल्याण्ड्सको बक्समा गोल गर्ने प्रयास गरेको थियो । तर, त्यो गोलमा परिणत हुन सकेन । त्यसपछि सेनेगलले खेलको दोस्रो मिनेटमा कर्नर पायो । तर टोलीले त्यो अवसरको पनि सदुपयोग गर्न सकेन ।

सेनेगलको टोलीले सुरुवाती मिनेटदेखि नै खेलमा दबाब कायम राख्दै आएको छ । टोलीले नेदरल्याण्ड्सलाई धेरै मौका दिइरहेको थिएन । पहिलो हाफमा सेनेगलले करिब ६ पटक गोल गर्ने प्रयास गरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले पाँच पटक गोलको लागि प्रयास गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.