लेख विवरण

कतार विश्वकप : पोल्याण्डले मेक्सिकोसँग अंक बाड्यो

कतार विश्वकप : पोल्याण्डले मेक्सिकोसँग अंक बाड्यो

काठमाडौं । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीको अवसर खेर फ्याँक्दा पोल्याण्डले समूह ‘सी’अन्तर्गत दोस्रो खेलमा मेक्सिकोसँग १–१ अंक बाँड्नु परेको छ।

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा लेवान्डोस्की ५६ मिनेटमा पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। उनलाई फल गरेबापत पोल्याण्डले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआले लेवान्डोस्कीको पेनाल्टी रोकेका थिए।

यो खेलको नतिजासँगै पोल्याण्ड र मेक्सिको खेल गोलरहित बराबरीमा टुंगिएको छ भने अंक तालिकामा अर्जेन्टिना सबैभन्दा मुनि परेको छ।

मंगलबार साँझ भएको समूह ‘सी’ तर्फको पहिलो खेलमा एसियाको ‘पावरहाउस’ साउदी अरेबियाले विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलले स्तब्ध पारेको थियो। साउदी अरेबिया अंक तालिकाको शीर्षस्थानमा छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.