लेख विवरण

कतार विश्वकप : फ्रान्स र मोरक्कोको सुरुवाती ११

कतार विश्वकप : फ्रान्स र मोरक्कोको सुरुवाती ११

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनल केही बेरमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरक्कोबीच हुँदैछ । फ्रान्स लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । पछिल्लो पटक २०१८ मा टोलीले क्रोएसियालाई हराएर उपाधि कब्जा गरेको थियो । योसँगै मोरक्को फाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्न चाहन्छ ।

फ्रान्सेली टोलीले मोरक्कोसँग एक खेल पनि हारेको छैन। यी दुई टोलीबीच अहिलेसम्म पाँच खेल भइसकेका छन् । यस अवधिमा फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । यी दुईको अन्तिम भेट सन् २००७ मा भएको थियो ।

फ्रान्स सातौं पटक विश्वकपको सेमिफाइनल खेल्दैछ । टोली सुरुवाती तीन सेमिफाइनल (१९५८, १९८२ र १९८६) मा पराजित भएको थियो । फ्रान्सले पछिल्लो तीन सेमिफाइनल (१९९८, २००६ र २०१८) जितेको थियो।

दुवै टोलीको सुरुवाती ११ :

मोरक्कोः यासिन बोनौ (गोलकीपर), अशरफ हाकिमी, जावाद एल यामिक, नायफ अगुइर्ड, रोमेन साइस (कप्तान), नौसेर माजरौई, सौफियाने अम्राबात, हाकिम जिइच, एजेदिन ओनाही, सौफियाने बौफल र युसेफ एन-नेस।

फ्रान्सः ह्युगो लोरिस (गोलकीपर), जुलेस कोन्डे, राफेल वाराने, इब्राहिमा कोनाटे, थिओ हर्नान्डेज, एन्टोइन ग्रिजम्यान, ओरेलियन चौमेनी, युसेफ फोफाना, उस्माने डेम्बेले, ओलिभर गिराउड र केलियन एमबाप्पे।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.