कतार विश्वकप : ब्राजिलको टोली घोषणा
काठमाडौँ । ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय खेलाडी छनौट गरेको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले सोमबार विश्वकप खेल्ने खेलाडी छनौट गरेका हुन् ।
ब्राजिलको टिममा फिलिप कोटीन्हो र रोबेर्ट फिर्मिनो परेका छैनन् । कोटीन्हो केहि समयअघि घाइते रहेका थिए भने यस सिजनमा उनको प्रदर्शन अनि सन्तोषजनक थिएन । त्यस्तै फिर्मिनोले भने यस बर्ष लिभरपुलमा औसत प्रर्दशन गरेका थिए । प्रशिक्षक टिटेले उनलाई भन्दा आर्सनलमा उत्कृष्ट प्रदर्शन गरिरहेका गाब्रियल मार्टिनेल्लीलाई विश्वकप टिममा राखेका छन् ।
विश्वकपमा परेका ब्राजिलका २६ खेलाडीहरुः
गोलकिपरः एलिसन, एडरसन र वेभेरटन ।
डिफेन्डरः थिआगो सिल्भा, मार्क्यून्होस, डानिलो, एडर मिलिताओ, एलेक्स टेल्लेस, एलेक्स सान्ड्रो, ब्रेमर र डानी आल्भेज ।
मिडफिल्डरः कासेमिरो, लुकास पाक्वेटा, फाबिन्हो, फ्रेड, एभर्टन रिबेइरो र ब्रुनो गुइमाराएस ।
फरवार्डः नेइमार, रिचार्लिसन, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा, रोड्रीगो, पेड्रो, गाब्रियल जिसस र गाब्रियल मार्टिनेल्ली ।




टिप्पणी लेख्नुहोस्