लेख विवरण

कतार विश्वकप : मेक्सिको र क्यानडाको टोली घोषणा

कतार विश्वकप : मेक्सिको र क्यानडाको टोली घोषणा

काठमाडौं । कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् । मेक्सिकोले मङ्गलबार बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

टोलीको गोलरक्षकमा गिलेर्मे ओचोआ, रोडोल्फो कोटा र अल्फ्रेडो टालाभेरा छन । रक्षकहरुमा नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस र केभिन अल्भारेज छन ।

यस्तै मिडफिल्डरहरुमा एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना र लुइस रोमो छन ।

स्ट्राइरहरुमा हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज र एलेसिस भेगा छन । मेक्सिको कतार विश्वकपमा समूह ‘सी’ मा रहेको छ । यस समूहमा मेक्सिकोसँगै अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड छन् । मेक्सिकोले मङ्सिर ६ गते पोल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

यसैगरी क्यानडाले सोमबार राति घोषणा गरेको कतार विश्वकप २६ सदस्यीय टोलीको गोलरक्षकहरूमा मिलान बोर्जन, जेम्स पेन्टेमिस र डेन सेन्ट क्लेयर छन । रक्षकहरुमा कमल मिलर, स्टिभन भिटोरिया, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, साम एडेकुग्वे, एलिस्टेएर जोनस्टन र रिची लारेआ छन ।

मिडफिल्डरहरुमा एटिबा हचिन्सन, स्टिफन युस्टाक्वियो, जोनाथन ओसोरियो, मार्क–एन्थोनी काए, साम पिएट, स्माइल कोन, लियाम फ्रासेर र डेभिड वुदर्सपुन छन । यस्तै ट्राइकरहरुमा ताजोन बुचानन, अल्फन्सो डाभिस, जोनाथन डेभिड, जुनियर होइलेट, साइल लारिन, लुकास काभालिनी, लियाम मिलर र इके उग्वो रहेका छन ।

क्यानडा यस विश्वकपमा समूह ‘एफ’ मा छ । यस समूहमा बेल्जियम, मोरक्को र क्रोएसिया छन् । क्यानडाले मङ्सिर ७ गते बेल्जियमसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

May be an image of 9 people and text that says "MEXICAN NATIONAL TEAM ANTUNA ALVARADO VEGA GERARDO ARTEAGA FUNES JIMÉNEZ CHÁVEZ NÉSTOR ARAUJO GUARDADO ALFREDO TALAVERA TALA ÁLVAREZ OCHOA VASQUEZ RODOLFO COTA MONTES EDSON ÁLVAREZ ORBELİN PINEDA GUTIÉRREZ LOZANO SÁNCHE HECTOR MORENO QATAR 2022 MEXICAN MARTÍN GALLARDO LUIS ROMO CAR RODRIGUEZ"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.