कतार विश्वकप : यी हुन् प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छा खेलाडीहरु
काठमाडौं । कतार विश्वकप २०२२ सम्भवतः लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीहरूलाई अन्तिम हुनेछ । तर यसपटकको विश्वकपमा केही यस्ता खेलाडीहरू छन् जसले पहिलो पटक फुटबलको यो सबैभन्दा ठूलो महाकुम्भमा आफ्नो उपस्थिति जनाउने छन ।

यस पटकको विश्वकपमा डेब्यु गर्नेमा अस्ट्रेलियाका १८ वर्षीय गारंग कुल रहेका छन् । अन्य टोलीहरू उनको बारेमा अनभिज्ञ छन्। गत जनवरीमा उनी प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडमा आवद्ध भएका थिए। सेप्टेम्बरमा उनले अस्ट्रेलियाका लागि पहिलो खेल खेलेका थिए । उनी एक ब्रेकथ्रू स्टार साबित हुने धेरैले दावी गरेका छन ।

फिफा विश्वकप २०२२ का लागि कोस्टारिकाले आफ्नो टोलीमा धेरै युवा खेलाडीहरुलाई समावेश गरेको छ । तीमध्ये एक हुन १८ वर्षीय विंगर जेभिसन बेनेट । कोस्टा रिका विश्वकप छनोटमा सबैभन्दा सफल टोलीमध्ये एक हो, जसको श्रेय जभिसनलाई पनि जान्छ। जाभिसनले कोस्टारिकाका लागि अहिलेसम्म सात खेल खेलेका छन्, जसमा उनले दुई गोल गरेका छन् ।

१८ वर्षीय बिलाल एल खानुसलाई मोरक्कोको विश्वकप टोलीमा स्थान दिइएको छ । उनी रेसिङ गेन्क क्लबका लागि खेल्छन् जहाँ उनले धेरै सफलता प्राप्त गरेका छन । उनले बेल्जियम र मोरक्कोबीच छनौट गर्ने अवसर पाए र उनले मोरक्को रोजे ।

स्पेनिस टोलीका सदस्य गाभीले केही समयदेखि व्यावसायिक फुटबलमा प्रभुत्व जमाएका छन् । उनले बार्सिलोनाका लागि खेल्दा धेरै नाम कमाएका छन्, त्यसपछि उनी फिफा विश्वकपका लागि छानिएका थिए। १८ वर्षे यी खेलाडी पहिलो पटक विश्वकपमा खेल्न लागेका हुन् ।


टिप्पणी लेख्नुहोस्