लेख विवरण

कतार विश्वकप : स्विट्जरल्याण्डले क्यामरुनलाई हरायो

कतार विश्वकप : स्विट्जरल्याण्डले क्यामरुनलाई हरायो

काठमाडौं । विश्वकपअन्तर्गत समूह ‘जी’ तर्फको पहिलो खेलमा स्विट्जरल्याण्डले १–० गोलले क्यामरुनलाई पराजित गर्दै तीन अंक जुटाएको छ।

स्विट्जरल्याण्डको जितमा इम्बोलो ब्रिल नायक सावित भए। उनले पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा दोस्रो हाफको तीन मिनेटभित्रै गोल गरे। ब्रिल क्यामरुनमा जन्मिएर पाँच वर्षको उमेरमा फ्रान्स पुगेका थिए। त्यसैले आफ्नो जन्म देशविरुद्ध गोल गर्दा उनले खुसियाली मनाएनन्।

उनले ४८ मिनेटमा गरेको गोल नै अन्त्यमा निर्णायक भएको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.