लेख विवरण

कप्तान सन्दीपसहित पाँच खेलाडी श्रेणी ‘ए’ मा

कप्तान सन्दीपसहित पाँच खेलाडी श्रेणी ‘ए’ मा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लसहित पाँच जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा श्रेणी ‘ए’ मा राख्ने निर्णाय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले पुरुष र महिलातर्फ समान १८ खेलाडीलाई ‘ए’ ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरी केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको हो ।

क्यान बैठकले यसअघि चार खेलाडीलाई ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने भनी गरेको निर्णयलाई औपचारिकरूपमै फिर्ता लिएको छ । क्यानले ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीलाई केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

क्यान बैठकले पुरुषतर्फ श्रोणी ‘ए’ मा कप्तान सन्दीप र मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीलाई राखेको छ । ‘बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेसावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारीलाई समावेश गरेको छ । ‘सी’ मा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, साहव आलम, सुशन भारी र पवन सर्राफलाई समेटेको छ ।

यसैगरी महिलातर्फ श्रेणी ‘ए’ मा कप्तान रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन । ‘बी’ मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वति चौधरी, सवनम राई र ज्योति पाण्डे तथा ‘सी’ मा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल समेटिएका छन ।

पुरुषतर्फ ‘ए’ का खेलाडीले ५० हजार, ‘बी’ काले ४० हजार र ‘सी’ का खेलाडीले ३० हजार तथा महिलातर्फ ‘ए’ ले १५ हजार, ‘बी’ ले १२ हजार र ‘सी’ ले १० हजार रुपियाँ पाउँदै आएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.