लेख विवरण

कमललाई कोरिया ओपनमा रजत पदक

कमललाई कोरिया ओपनमा रजत पदक

काठमाडौं । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन । दक्षिण कोरियाको सिओलमा शुक्रबार भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत पदक जितेका हुन ।

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन भए । प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । खड्काले क्योरोगीमा ७ र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.