कमलाखोज गोल्डकप मंसीर ११ देखी
काठमाडौं । दोस्रो कमलाखोज गोल्डकप नकआउट फुटबल प्रतियोगिता मंसीर ११ देखी १८ सम्म हुने भएको छ। डकाहा खेल मैदानमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागि टोलीमा जनसेवी युथ क्लब (महोत्तरी), कटारी एफसी (उदयपुर), नमुना जनउत्थान क्लब (सिन्धुली) र गोलबजार स्पोर्टस क्लब (सिरहा) रहेका छन । त्यस्तै नेपाल एफटी (भक्तपुर), हरिवन युवा क्लब (सर्लाही), सयुक्ता युवा परिवार (धनुषा) र बिरगंज यूनाइटेड (पर्सा) रहेका छन ।
प्रतियोगिताको उद्घाटन खेल जनसेवी युथ क्लब (महोत्तरी) र कटारी एफसी (उदयपुर)बीच हुनेछ । नकआउट आधारमा हुने प्रतियोगिताको सेमिफाईनल मंसीर १५ र १६ गते तथा फाईनल १८ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्