लेख विवरण

कराँची टेस्ट : न्यूजिल्याण्ड २ रनले अगाडि, विलियम्सनको शतक

कराँची टेस्ट : न्यूजिल्याण्ड २ रनले अगाडि, विलियम्सनको शतक

काठमाडौं । कराँची टेस्टको तेस्रो दिन न्युजिल्यान्डले पाकिस्तानमाथि २ रनको अग्रता लिएको छ । पूर्व टेस्ट कप्तान केन विलियम्सनले ७ सय २४ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

पहिलो टेस्टमा न्युजिल्यान्डका टम लाथम (११३) र डेभोन कोनवे (९२) ले १ सय ८३ रनको ओपनिङ पार्टनरसिप गरेका थिए । पाकिस्तानका लागि अबरार अहमदले ३ तथा नुमान अलीले २ विकेट लिए ।

तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ४ सय ४० रन बनाएको छ । विलियमसन १०५ र इश सोधी एक रनमा अविजित छन् । चौथो दिनको खेल बिहीबार बिहान ९ः४५ बजे सुरु हुनेछ ।

न्यूजिल्याण्डले तेस्रो दिन १६५र० को स्कोरबाट खेल सुरु गर्यो। डेभोन कोनवे ९२ रन बनाएर आउट भए । दोस्रो नम्बरमा ब्याटिङ रहेका केन विलियम्सनले आफ्नो टेस्ट करियरको २५ औं शतक बनाए । टम लाथम ११३ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । हेनरी निकोल्स २२, डेरिल मिचेल ४२, टम ब्लन्डेल ४७ र माइकल ब्रेसवेलले ५ रन बनाए । खेलमा सोढी र विलियम्सन अविजित छन् । टोलीले १३६ ओभरमा ४४० रन बनाएको छ ।

दोस्रो दिनको तेस्रो सत्रमा पाकिस्तानी टोली विकेटको लागि लालायित थियो । तेस्रो दिन पनि टोलीले मात्र ६ विकेट लियो । टोलीका लागि स्पिनर अबरार अहमदले ३ र नुमान अलीले २ विकेट लिए । मोहम्मद वासिमले एक विकेट लिए ।

न्यूजिल्याण्डका पूर्व कप्तान केन विलियम्सनले २३ महिना २५ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । उनले पछिल्लो पटक ३ जनवरी २०२१ मा पाकिस्तानविरुद्ध क्राइस्टचर्च टेस्टमा २३८ रनको इनिङ खेलेका थिए। त्यसपछि २७ डिसेम्बर २०२२ सम्म, उनले सबै तीन ढाँचा सहित ४१ खेल खेले। तर, पनि शतक बनाउन सकेनन् ।

पाकिस्तानविरुद्धको शतकसँगै विलियम्सनले टेस्ट खेलाडीहरूमध्ये सर्वाधिक शतक बनाउने खेलाडीको सूचीमा डेभिड वार्नरसँगै चौथो स्थानमा पुगेका छन । वार्नरले दक्षिण अफ्रिकाविरुद्ध जारी टेष्टमा मङ्गलबार २०० रनको इनिङ खेल्दै आफ्नो २५औँ टेस्ट शतक बनाएका छन् । उनीहरु भन्दा अगाडि भारतका विराट कोहलीको २७ टेस्ट शतक, इङ्ल्यान्डका जो रुटको २८ र अष्ट्रेलियाका स्टिभ स्मिथको २९ टेस्ट शतक रहेको छ ।

समग्र टेस्ट शतकहरूको बारेमा कुरा गर्दा भारतका सचिन तेन्दुलकरले २०० टेस्टमा ५१ शतक प्रहार गर्ने कीर्तिमान राखेका छन्। उनीपछि दक्षिण अफ्रिकाका ज्याक कालिस ४५ र अष्ट्रेलियाका रिकी पोन्टिङ ४१ शतकका साथ दोस्रो स्थानमा छन्।

न्यूजिल्याण्डका ओपनर टम लाथम र डेभन कोनवेले पहिलो विकेटका लागि ३१८ बलमा १८३ रनको साझेदारी गरे । पाकिस्तान र न्यूजिल्याण्डबीचको टेस्टमा ओपनिङ विकेटका लागि यो सबैभन्दा ठूलो साझेदारी हो। यसअघि सन् २००१ मा म्याथ्यु बेल(मार्क रिचर्डसनले ह्यामिल्टन टेस्टमा १८१ रन जोडेका थिए। तेस्रो नम्बरमा, पाकिस्तानका अहमद शहजाद र मोहम्मद हफिजले नोभेम्बर २०१४ मा १७८ रनको साझेदारी गरेका थिए।

कराँची टेस्टको पहिलो दिन पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान बाबर आजम १६१, आगा सलमान १०३ र सर्फराज अहमदको ८६ रनमा पाकिस्तानले पहिलो इनिङ्समा ४३८ रन बनाएको थियो । सर्फराज र बाबरले पाँचौं विकेटका लागि १९६ रनको साझेदारी गरेका थिए । न्युजिल्याण्डका कप्तान टिम साउथीले ३ र निल वाग्नरले १ विकेट लिए । एजाज पटेल, माइकल ब्रेसवेल र ईश सोधीले २–२ विकेट हात पारे ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.