लेख विवरण

कर्णाली र लुम्बिनी प्रदेश सुदूरपश्चिम राजधानी कपको सेमिफाइनल

कर्णाली र लुम्बिनी प्रदेश सुदूरपश्चिम राजधानी कपको सेमिफाइनल

कैलाली । धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । लगातारको वर्षाले धनगढी रङ्गशाला हिलाम्मे भएपछि मैदान परिवर्तन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ गोलले हरायो । कर्णाली प्रदेशले फाइनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमति प्रदेश बीचको खेलको विजेतासँग खेल्नेछ ।

आजै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई हराएको छ । लुम्बिनीले मधेस प्रदेशलाई ४–२ गोलअन्तरले हराएको हो । जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश निलोबीच हुने खेलको विजेतासँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश निलोबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

May be an image of 7 people, people standing and grass

May be an image of 6 people, people standing and grass

May be an image of outdoors

May be an image of 10 people, people standing and grass

May be an image of 8 people, people playing American football, people standing and grass

May be an image of 5 people, people playing American football, people standing and grass

May be an image of 2 people and people standing

May be an image of 2 people, people standing and text

May be an image of 2 people and people standing

May be an image of 2 people and people standing

May be an image of 3 people and people standing

May be an image of 2 people and people standing

May be an image of 6 people, people playing American football, people standing and grass

May be an image of 6 people, people sitting, people standing and grass

तस्वीर : पिएफए स्पोर्टस क्लब अत्तरिया

टिप्पणी लेख्नुहोस्

Please Login to comment.