लेख विवरण

काभा महिला भलिबलका लागि बिभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग प्रदान

काभा महिला भलिबलका लागि बिभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग प्रदान

काठमाडौंमा । नेपाल भलिबल संघको आयोजनामा हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि बिभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

सोमबार प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले १ लाख रुपैयाँ सहयोग प्रदान गरे ।

प्रतियोगितालाई आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिशनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरेका थिए ।

यस्तै उक्त प्रतियोगिताका लागि विभिन्न संघ संस्था तथा भलिबल प्रेमीहरुबाट आर्थिक सहयोगको प्रतिबद्धता आईरहेको भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.