लेख विवरण

कार दुर्घटनामा घाइते भएका ऋषभ पन्तको अवस्था स्थिर

कार दुर्घटनामा घाइते भएका ऋषभ पन्तको अवस्था स्थिर

काठमाडौं । कार दुर्घटनामा गम्भीर घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तको अवस्था स्थिर रहेको छ । उनको देहरादुनको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार पन्तको स्वास्थ्यमा निकै सुधार आएको छ । तर त्यहाँका डाक्टरहरूले पन्तलाई अर्को अस्पतालमा सार्ने कि नदिने निर्णय गर्न बाँकी छ। पन्तलाई परिवारका सदस्यबाहेक नजिकका साथीहरूले शनिबार अस्पतालमा भेटेका थिए।

अस्पतालमा उनीसँगै ऋषभ पन्तकी आमा सरोज पन्त र बहिनी साक्षी पनि छन् । आमा छोरी शनिबार बिहान देहरादुन पुगेका थिए । यसैबीच डीडीसीए निर्देशक श्याम शर्मा, बलिउड अभिनेता अनिल कपूर र अनुपम खेर पनि शनिबार पन्तलाई भेट्न अस्पताल पुगेका थिए। अस्पतालमा परिवारसँगै लगातार रहेका उमेशकुमारले भने, ‘हिजोदेखि पन्तको स्वास्थ्यमा निकै सुधार आएकोले तत्काल कतै सार्ने योजना छैन । उनका अनुसार शुक्रबार निधारमा प्लास्टिक सर्जरी गरिएको थियो भने आज पहिलो ड्रेसिङ गरिएको छ ।

दुबईबाट क्रिसमस मनाएर फर्केका ऋषभ पन्त ३० डिसेम्बरमा एक्लै रुर्की जाँदै थिए । सो क्रममा उनको मर्सिडिज कार मोहम्मदपुर जाट नजिकै डिभाइडरमा ठोक्किएर आगलागी भएको थियो । दुर्घटनामा पन्त गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक उपचारका लागि रुड्कीको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई देहरादूनको म्याक्स अस्पतालमा रिफर गरिएको छ। त्यहाँ स्क्यान गरेपछि उनको निधारमा दुई ठाँउमा काटिएको पाइएको थियो । यसबाहेक औँला, घुँडा र खुट्टामा धेरै चोट लागेको छ । उनको दाहिने खुट्टाको लिगामेन्ट पनि च्यातिएको छ । देहरादुनमा पन्तको दुई दिनदेखि उपचार भइरहेको छ । यो अवधिमा उनको स्वास्थ्यमा निकै सुधार आएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.