लेख विवरण

काष्ठमण्डपमा ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि

काष्ठमण्डपमा ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमहरुमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल रहेका छन् ।

साइपाल र बूढानीलकण्ठको २–२ तथा काष्ठमण्डपको ३ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका खेलहरु मण्डिखटारस्थित आयोजककै कोर्टमा हुनेछ । पाँचौं संस्करणको उपाधि मल्पीले जितेको थियो । कोरोना भाइरसका कारण दुई संस्करण हुन सकेन ।

                                                                                                                                      

टिप्पणी लेख्नुहोस्

Please Login to comment.