लेख विवरण

किङ्सटन रनिङ सिल्डमा क्याम बेस्ट–११ को विजयी सुरुआत

किङ्सटन रनिङ सिल्डमा क्याम बेस्ट–११ को विजयी सुरुआत

काठमाडौंँ । किङ्सटन रनिङ सिल्डमा क्याम बेस्ट–११ ले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा क्याम बेस्ट–११ ले जेनएक्स–११ लाई ३ विकेटले हराउदै विजयी सुरुवात गरेको हो ।

क्याम युथ एसोसिएसन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा जारी डे नाइट ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा १ सय ३७ रनको लक्ष्य पछ्याएको जेनएक्स १८.१ ओभरमा १ सय ३३ रनमा समेटिएपछि क्याम बेस्टले रोमाञ्चक जित निकाल्यो ।

जेनएक्सका रोनीले ११ बलमा ३१ रन जोडे । नानीले १६ र अरुणले ११ रन बनाए । जेनएक्सलाई सस्तैमा रोक्न क्याम बेस्ट–११ का अमनले चार ओभरमा ११ रन खर्चिदै २ विकेट लिए । टोलीका लागि अलराउन्ड प्रदर्शन गरेका अनुपले पनि दुई विकेट लिए । दिवेशले पनि समान दुई विकेट नै लिए ।

त्यसअघि ब्याटिङ गरेको क्याम बेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनको मध्यम योगफल बनाएको थियो । टोलीका लागि अनुप, साहिल र उमेशले क्रमश २७, २१ र ११ रन बनाए । जेनएक्सका सतीशले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १७ रन मात्र खर्चदै सर्वाधिक चार विकेट लिए । भूपीन्दर र एरमानको नाममा समान दुई विकेट रह्यो ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.