लेख विवरण

कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु

कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु

काठमाडौँ । मेयर खेलकुद कार्यक्रमअन्तर्गत दशौँ कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबार सुरु भएको छ ।

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो । सो खेलमा साफरिना मानन्धरले सर्वाधिक १७ स्कोर गरे । पुरुष बास्केटबलको उद्घाटन खेलमा पनि वडा नं ३ ले वडा नं ९ लाई ६९–५१ स्कोरमा पराजित गर्यो । सो खेलमा आसिस थापा मगरले सबभन्दा बढी २५ स्कार गरे ।

नगरप्रमुख राजकुमार नकर्मीले शनिबार मेयर खेलकुद कार्यक्रमको उद्घाटन गरेका हुन् । यस खेलकुद कार्यक्रममा बास्केटबलबाहेक भलिबल र ब्याड्मिन्टन पनि हुनेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.