कुमुते च्याम्पियनसिपमा नेपाल १२ स्वर्ण सहित च्याम्पियन
स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना के सी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जिला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) छन् ।
यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि)ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।
प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नाै पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

टिप्पणी लेख्नुहोस्