लेख विवरण

कुस्तीकी शिवांगीले पाईन यात्रा अनुमति पत्र

कुस्तीकी शिवांगीले पाईन यात्रा अनुमति पत्र

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा रजत पदक जितेकी भएकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) पाएका छन् ।

प्राविधिक कराणले शिवांगीले नेपाली नागरिकता पाउन कठिनाइ हुँदा राहदानी बनाउन समस्या भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत वण्चित हुनु पर्ने अवस्थालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रलाई पदक दिलाएकी र भविष्यमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै सफलता दिलाउन सक्ने सभ्मावना भएकी शिवांगीको खेल यात्रालाई सहज बनाउन यात्रा अनुमति पत्रका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गरेको थियो ।

डडेल्धुरामा जन्मेकी १९ वर्षीया शिवांगीको नागरिकता र राहदानीका लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिवांगीको यात्रा अनुमति पत्र प्रदान गर्न भूमिका खेल्ने सम्बन्धित सम्पूर्णमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.