केएल राहुल हिप चोटका कारण आईपीएलबाट बाहिर
काठमाडौंँ । लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुल हिप चोटका कारण आईपीएलबाट बाहिरिएका छन् । उनले जुन ७ देखि ओभलमा हुने अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल पनि गुमाउने छन् ।
सोमबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको दोस्रो ओभरमा फिल्डिङ गर्ने क्रममा राहुलको दाहिने हिपमा चोट लागेको थियो। खेलमा राहुल ११ नम्बरमा ब्याटिङ गर्न आएका थिए र उनी रन बनाउन संघर्ष गरिरहेको देखियो । यस खेलमा लखनउ १८ रनले पराजित भएको थियो ।
लखनउको टोली हाल १० खेलमा पाँच जितसहित अंक तालिकाको दोस्रो स्थानमा छ । अब आउने खेलमा कृणाल पाण्ड्याले टोलीको कप्तानी गर्नेछन् । वर्षाका कारण रद्द भएको चेन्नईविरुद्धको अन्तिम खेलमा पनि क्रुणाल लखनउका कप्तान थिए। राहुलले पछिल्ला चार आईपीएल सिजनमा ५०० भन्दा बढी रन बनाएका छन ।
राहुलले लगभग एक वर्षदेखि भारतका लागि कुनै पनि टी–२० आई खेलेका छैनन् । उनी बोर्डर–गावस्कर ट्रफीको दोस्रो टेस्ट पछि टोलीबाट बाहिर भएका थिए। यद्यपी उनी एकदिवसीय क्रिकेटमा विकेटकिपर ब्याट्सम्यानका रुपमा नियमित छन् । उनलाई बीसीसीआईले अनुबन्ध सूचीमा ग्रेड ए बाट ग्रेड बी मा घटाएर टोलीको उपकप्तान पदबाट पनि हटाएको थियो। इङ्ल्यान्डमा उनको कीर्तिमानलाई ध्यानमा राख्दै उनी विकेटकिपर ब्याट्सम्यानको रुपमा डब्ल्यूटीसी फाइनलको ११ मा समावेश हुने प्रबल सम्भावना थियो तर अब त्यो पनि समाप्त भएको छ ।

टिप्पणी लेख्नुहोस्