लेख विवरण

केन्याले मालीलाई १० विकेटले हराउँदै ३१ रनको लक्ष्य १५ बलमै पूरा गर्‍यो

केन्याले मालीलाई १० विकेटले हराउँदै ३१ रनको लक्ष्य १५ बलमै पूरा गर्‍यो

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप उप-क्षेत्रीय अफ्रिका छनोटमा केन्याले मालीलाई १० विकेटले पराजित गरेको छ । योसँगै केन्याले विश्व कीर्तिमान कायम गरेको छ ।

केन्या टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बलको आधारमा सबैभन्दा ठूलो जित हासिल गर्ने टोली बनेको छ। मालीले दिएको ३१ रनको लक्ष्य केन्याले मात्र १५ बलमा पूरा गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मालीको टोली १०.४ ओभरमा मात्र ३० रन बनाएर अलआउट भयो । टोलीका ६ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । मालीका एक मात्र खेलाडी थियोडोर मकालोले १२ रनको योगदान दिए । टोली ६४ बल खेलेर सिमित भयो । केन्याका बलर पिटर ल्याङ्गटले १७ रन दिएर ६ विकेट लिए । लुकास ओलुओच र भिराज पटेलले समान एक एक विकेट लिए ।

त्यसपछि ब्याटिङ गर्न आएको केन्याको टोलीले १५ बलमा लक्ष्य पुरा गर्यो । टोलीका ओपनर कोलिन्स ओबुयाले ६ बलमा अविजित १८ रन बनाए । पुष्कर शर्माले अविजित १४ रन बनाए ।

जितसँगै केन्याले विश्व कीर्तिमान बनाउन सफल भएको छ । यसअघि सबैभन्दा कम बलमा जित्ने कीर्तिमान अस्ट्रियाको नाममा थियो । अस्ट्रियाले टर्कीलाई १०४ बलमा पराजित गरको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.