केन विलियम्सन आईपीएलबाट बाहिर
काठमाडौंँ । आईपीएल टोली गुजरात टाइटन्सलाई ठूलो झट्का लागेको छ । टोलीका स्टार खेलाडी केन विलियम्सन घुँडाको चोटका कारण आईपीएलबाट बाहिरने भएका छन् । फ्रेन्चाइज गुजरात टाइटन्सले आईतवार यस बिषयमा जानकारी दिएको हो ।
गुजरात टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले आफूलाई यो खबर सुनेर दुःख लागेको बताए । उनले विलियम्सन छिट्टै निको हुने आश गरेका छन्। चोटका कारण केन अब आफ्नै देश न्युजिल्यान्ड फर्कनेछन् जहाँ उनको थप परीक्षण हुनेछ । आइपिएलको पहिलो खेलमा शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध बाउन्ड्री लाइनमा क्याच लिने क्रममा विलियम्सन घाइते भएका थिए । उनको दाहिने घुँडामा चोट लागेको छ । चोटका कारण विलियमसनले दोस्रो इनिङ्समा ब्याटिङ गर्न सकेनन् । उनको स्थानमा इम्प्याक्ट प्लेयर्सका रूपमा साई सुदर्शन आएका थिए ।
केन विलियम्सनले सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका थिए । उनले प्रतियोगितामा ७७ खेल खेल्दै १८ अर्धशतक बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्