लेख विवरण

कोइमान विश्वकप पछि पुनः नेदरल्यान्ड्सको टोलीसँग जोडिने

कोइमान विश्वकप पछि पुनः नेदरल्यान्ड्सको टोलीसँग जोडिने

आम्सटर्डम । बार्सिलोनासँगको निराशाजनक कार्यकालपछि रोनाल्ड कोइमान पुनः नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीसँग जोडिने भएका छन । उनी कतारमा हुने विश्वकप पश्चात डच टोलीमा आबद्ध हुने बताईएको छ ।

अहिले नेदरल्यान्ड्सको टोली लुइस भान गालको प्रशिक्षणमा विश्वकपमा जानेछ । तर डिसेम्बर १८ मा विश्वकप सकिएपछि लुइसले टोलीबाट बाहिरिने बताईसकेका छन ।

यसै कारण डच फुटबल महासंघले पुनः एक पटक कोइमनसँग जोडिने निर्णय गरेको छ । कोइमनले दुई वर्ष अघि नेदरल्यान्ड्सको राष्ट्रिय टोली छोडेर स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका थिए । उनले बार्सिलोनामा खेलाडीको रूपमा धेरै प्रतियोगिताहरु जितेका थिए । तर लगातारको खराब प्रदर्शन पछि गत अक्टोबरमा उनलाई बार्सिलोनाले बर्खास्त गरेको थियो ।

डच फुटबल संघका निर्देशक मेरियन भान लुभेनले भनेस् ूप्रशिक्षकको रूपमा उनको पहिलो कार्यकालको समयमा उनको काम र नतिजा देखेर हामी खुसी थियौं। ु त्यसकारण हामी उनलाई पुनः टोलीमा जोडन चाहन्छौं ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.