लेख विवरण

कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिललाई

कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं । कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।

ब्राजिल लगातार चौथो पकट च्याम्पियन बनेको हो । यससँगै ब्राजिलले सर्वाधिक आठ पटक कोपा अमेरिका जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिललाई जिताउन डेविन्हाले निर्णायक गोल गरिन । डेविन्हाले ३९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल ब्राजिलको जितमा प्रयाप्त बन्यो ।

ब्राजिलले अपराजित यात्रा कायम राख्दै एक गोलपनि नखाई च्याम्पियन बन्यो । यता कोलम्बिया तेस्रो पटक फाइनलमा ब्राजिलसँगै स्तब्ध बन्यो । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई ३–१ गोलले हरायो ।

प्रतियोगितामा अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज सर्वाधिक गोलकर्ता चुनिन । उनले ६ गोल गरेकी थिइन । सर्वोत्कृष्ट खेलाडीको उपाधि कोलम्बियाकी लिन्डा काइसेडोले जितिन । प्रतियोगितामा दक्षिण अमेरिकी १० टोलीको सहभागिता थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.