क्यानडाले ३६ वर्षपछि विश्वकप खेल्दै
काठमाडौं । क्यानडाले सन् १९८६ पछि कतार विश्वकप खेल्दैछ । जारी विश्वकपमा टोलीको पहिलो खेल सन् २०१८ मा सेमिफाइनलमा पुगेको बेल्जियमसँग हुनेछ । बेल्जियम हाल फिफा वरीयतामा दोस्रो स्थानमा रहेको छ। ३६ वर्षअघि क्यानडाले पहिलो विश्वकप खेल्दा एक गोल पनि गर्न सकेको थिएन । टोलीले फ्रान्स, हंगेरी र सोभियत संघसँग हार बेहोरेको थियो ।
अहिले क्यानडाको टोलमिा अल्फोन्सो डेभिस, जोनाथन डेभिड र काइल लारिने जस्ता नयाँ पुस्ताका खेलाडीहरू रहेका छन्। समूह 'एफ' मा बेल्जियम र क्यानडासँगै क्रोएसिया र मोरक्को पनि रहेका छन् । यी मध्ये, बेल्जियमको सबैभन्दा बलियो टोली देखिन्छ । बेल्जियम २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहेको थियो।
विगत सात वर्षदेखि प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा खेल्दै आएको बेल्जियमको टोली गत वर्ष युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलसम्म पुगेको थियो । बेल्जियमको टोलीमा केभिन डे ब्रुइन, इडेन हाजार्ड र रोमेलु लुकाकु जस्ता अनुभवी खेलाडीहरु रहेका छन् ।
टोलीका डिफेन्डर टोबी एल्डरवेइरेल्डले भने, "तपाईंलाई थाहा छ बेल्जियम एउटा सानो देश हो त्यसैले हामीसँग यस्तो प्रतिभा भएकोमा हामी खुसी छौं।"

टिप्पणी लेख्नुहोस्