लेख विवरण

क्याम प्रिमियर लिगः अमडाब्लम ब्लेजर, क्याम युथ र सिम्रिक ब्वाइज क्रिकेट क्लब विजयी

क्याम प्रिमियर लिगः अमडाब्लम ब्लेजर, क्याम युथ र सिम्रिक ब्वाइज क्रिकेट क्लब विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा अमडाब्लम ब्लेजर, क्याम युथ क्रिकेट क्लब र सिम्रिक ब्वाइज क्रिकेट क्लब विजयी भएका छन ।

प्रतियोगिता अन्तर्गत आईतवार एभर्ली पार्कमा भएको खेलमा अमडाब्लम ब्लेजरले चितवन राइनोज क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको अमडाब्लम ब्लेजरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । जवाफमा चितवन राइनोज क्रिकेट क्लब १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २९ रनमा रोकियो । अमडाब्लमका लागि सागर थापा र रबिन रेग्मीले २–२ विकेट लिए । मोहम्मद जाफर अन्सारी, सन्दीप पौडेल र भूपेन्द्र थापा क्षेत्रीले समान १–१ विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको अमडाब्लमले भूपेन्द्र थापा क्षेत्रीको अर्धसतकीय पारीको मद्दतमा १ सय ४१ रन बनाएको थियो । टोलीका लागि भूपेन्द्र थापा क्षेत्रीले ५९ बलमा ४ चौंका र ४ छक्काको मद्दतमा ७२ रन बनाए । मोहम्मद अशरफ खान (२१) र सागर थापाले (११) रन बनाए । अमडाब्लमले अतिरिक्तको रुपमा २४ रन पाएको थियो । चितवन राइनोजका लागि बलिङमा राजमणि ढकालले सवाधिक ४ विकेट लिए । रविन साह, सुशील कलवार र प्रशान्त थापाले समान १–१ विकेट लिए ।

अमडाब्लमले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजको टोली १२९ रनमा रोकिएको थियो । टोलीका लागि ओपनर अनिल पाठकले सर्वाधिक (३६) रन बनाए । प्रज्ञान श्रेष्ठ (२४), प्रशान्त थापा (२१) र रेशम भण्डारीले (१८) रन बनाए । खेलको प्लेयर अफ द म्याच अमडाब्लमका भूपेन्द्र थापा क्षेत्री भए ।

आईतवार नै भएको अर्को खेलमा क्याम युथ क्रिकेट क्लबले जिएनआर क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको जिएनआरले १९ ओभर २ बलमा अलआउट हुँदै ८८ रन मात्र बनाएको थियो । टोलीका लागि बिष्णु कुमार कटवाल (१६), निरज भट्टराई (१४) र लोचन धितालले (१३) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । क्याम युथका लागि विजय डिजी, सुदर्शन थापा र मुस्कान पाण्डेले २–२ विकेट लिए । बिशाल चौधरी र नविन भट्टले समान १–१ विकेट लिएका थिए ।

जिएनआरले दिएको ८९ रनको लक्ष्य क्याम युथले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो । टोलीको जितमा सुदर्शन थापाले अविजित ३६ रनको योगदान दिए । २४ बलको सामना गरेका थापाले १ चौंका र ३ छक्का प्रहार गरे । मुस्कान पाण्डेले पनि १३ रन बनाए । बलिङमा जिएनआरका लागि सुनिल बानियाँले ३ विकेट लिए । निरज भट्टराई र विष्णु कुमार कटुवालले समान २–२ विकेट लिदा अग्रज दाहालको नाममा १ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच क्याम युथका सुदर्शन थापा भए ।

आईतवार नै भएको अर्को खेलमा सिम्रिक ब्वाइज क्रिकेट क्लबले हाम्रो युथ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको हाम्रो युथले १६ ओभरमा अलआउट हुँदै ९० रन बनायो । टोलीका लागि निश्चल बिष्ट (३४), सुनिल सेढाइन (११) र साहिल थापाले १० रन बनाए । सिम्रिक ब्वाइजका लागि बलिङमा सञ्जय भण्डारीले ३ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । किरण बस्याल र आकाश पाठकले समान २–२ विकेट लिदा सन्देश खनालले १ विकेट लिए ।

हाम्रो युथले दिएको ९१ रनको लक्ष्य सिम्रिक ब्वाइजले १४ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा आकाश पाठकले ३६ रनको अविजित पारी खेले । ३४ बलको सामना गर्ने क्रममा पाठकले १ चौंका र २ छक्का प्रहार गरे । सरोज थापाले पनि ३४ बलमा ३१ रनको अविजित पारी खेले । किरण बस्याल (१५) र विवेक घिमिरेले (४) रन बनाए । हाम्रो युथका लागि बलिङमा आदम राई र रिजन थापाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिम्रिक ब्वाइजका किरण बस्याल भए ।

आईतवार भएको अन्य खेलमा बुद्धभूमि क्रिकेट क्लबले एक्स्ट्राटेक क्रिकेट क्लबलाई ५ विकेट तथा द नेक्स्ट राइजिङ क्रिकेट क्लबले वेस्ट युनाइटेड क्रिकेट क्लब लाई १० विकेटले पराजित गरेको थियो ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.