लेख विवरण

क्याम प्रिमियर लिगः चितवन राइनोज विजयी

क्याम प्रिमियर लिगः चितवन राइनोज विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा चितवन राइनोज क्रिकेट क्लब विजयी भएको छ । आइतवार भएको खेलमा चितवनले वेस्ट युनाइटेड क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

ब्रेसिंगटन पार्कमा टस हारेर ब्याटिङ गरेको वेस्ट युनाइटेड १६.१ ओभरमा अलआउट हुँदै १०२ रन बनायो । टोलीका लागि बिबेक केसीले आक्रमक ब्याटिङ गर्दै १६ बलमा सर्वाधिक ३० रन बनाए । बिशाल मण्डल २४ रन बनाएर आउट भए । ओपनर बिलाल कुरेशीले १८ रन बनाए । चितवनका लागि बलिङमा खेलको प्लेयर अफ द म्याच बनेका रबिन साहले ४ ओभरमा १५ रन खर्चदै ३ विकेट लिए । बिशाल अधिकारीले पनि ३ विकेट लिए । शुशिल कलवार र गौरभ सापकोटाले समान २-२ विकेट लिए ।

वेस्ट युनाइटेडले दिएको १०३ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा ओपनर प्रशान्त थापाले सर्वाधिक २४ रनको योगदान दिए । कप्तान रमेश भण्डारीले १५ रन बनाए । बिशाल भण्डारी ११ रन बनाएर आउट भए । शुशिल कलवार र गौरव सापकोटाले समान ९ ९ रन जोडे । बिनोद गुरुङ १८ रनमा अविजित रहे । वेस्ट युनाइटेडका लागि बलिङमा बिबेक केशीले ३ विकेट लिए । रबिन जिसि, कृतन ताम्रकार र निशेष मिश्राले समान एक-एक विकेट लिए ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.