लेख विवरण

क्याम प्रिमियर लिगः नेक्स्ट राइजिङ र बुद्धभूमि क्रिकेट क्लब विजयी

क्याम प्रिमियर लिगः नेक्स्ट राइजिङ र बुद्धभूमि क्रिकेट क्लब विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा द नेक्स्ट राइजिङ र बुद्धभूमि क्रिकेट क्लब विजयी भएका छन । प्रतियोगिता अन्तर्गत आइतवार भएको पहिलो खेलमा बुद्धभूमि क्रिकेट क्लबले एक्स्ट्राटेक क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । बुद्धभूमिको जितमा युवराज मल्लले अविजित ५२ रनको पारी खेले । अर्धसतक बनाएका युवराजले ३१ बलमा ४ चौंका र ४ छक्का प्रहार गरे । रबिन चन्दले १० रन बनाए । एक्स्ट्राटेकका लागि बलिङमा निरज खरेलले ३ विकेट लिए । रामसुरत यादव र आदित्य मेहताले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एक्स्ट्राटेक क्रिकेट क्लबले १७ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । टोलीका लागि सुवर्णा बिष्ट (२६) र रामसुरत यादवले (१४) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । बुद्धभूमिका लागि बलिङमा सागर शर्माले सर्वाधिक ३ विकेट लिए । युवराज मल्ल, राजु पाण्डे र विजय कट्टेलले समान २–२ विकेट लिए । विवेक यादवको नाममा १ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच बुद्धभूमिका युवराज मल्ल भए ।

आजै भएको दोस्रो खेलमा नेक्स्ट राइजिङ क्रिकेट क्लबले वेस्ट युनाइटेड क्रिकेट क्लब लाई १० विकेटले पराजित गरेको छ । नेक्स्ट राइजिङको जितमा ओपनर युवराज जैशीले ५९ रनको अविजित पारी खेले । अर्धसतक प्रहार गरेका युवराजले ३८ बलमा ७ चौंका र १ छक्का प्रहार गरे । अर्का ओपनर पुस्तम उप्रेतीले पनि ३५ रनको अविजित पारी खेले । उनले ३५ बलमा २ चौंका र १ छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट युनाइटेडले १८ ओभर १ बलमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । टोलीका लागि दिवस भट्टराईले अविजित २४ रन बनाए । ओपनर बिलाल कुरैश र निशेष मिश्राले समान १४–१४ रन बनाए । कप्तान मौसफ राणाले १९ रन बनाएका थिए । नेक्स्ट राइजिङका लागि बलिङमा कुँवर बरार र दिपांशु बहादुर बमले समान २–२ विकेट लिए । नबिल खान र सुवास विश्वकर्माले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नेक्स्ट राइजिङका युवराज जैशी भए ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

May be an image of 1 person, playing cricket and text that says "SIMRIK BOYS CRICKET CLUB Vs HAMRO YOUTH CRICKET CLUB APRIL 09 BABA EOUMION.COSULTA KIRAN BASHYA [BOWLING 3-0-5-2, 5-2 15 RUNS FROM BAT] Man of the Match CAM PREMIER LEAGUE 2023 Kingstonn Sponsored By: TRANSPORT CAO LEAGE LEAGUE PREMIERE"

 

May be an image of 1 person and playing cricket

 

May be an image of 2 people, people playing cricket, sport equipment and text that says "AMADABLAM BLAZERS VS CHITWAN RHINOS CC APRIL 09 BAHA ኢይለር BHUPENDRA THAPA CHHETRI [BATTING 72 RUNS, BOWLING 4-0-30-1] Man of the Match CAM PREMIER LEAGUE 2023 EYPROPERTIES BUY-SEL BUILD Sponsored By: SC TRANSPORT CAOE PREMIERE LEAGUE"

 

May be an image of 2 people, people playing cricket and text that says "GNR CRICKET CLUB VS CAM YOUTH CC APRIL 09 SUDARSHAN THAPA [BATTING 34 RUNS, BOWLING 4-0-15-2] Man of the Match CAM PREMIER LEAGUE 2023 EYPROPERTIES BUY-SEL BUILD Sponsored By: TRANSPORT PREMIERE LEAGUE"

 

May be an image of 1 person, playing cricket and text that says "EXTRATECH CRICKET CLUB vS BUDDHA BHUMI CRICKET CLUB APRIL 09 Hub YUVRAJ MALLA [BOWLING 4-0-17-2, BATTING 52 FROM 31 BALLS] Man of the Match CAM PREMIER LEAGUE 2023 EYPROPERTIES BUY-S BUILD-RENT Sponsored By: 5드 TRANSPORT PREMIERE LEAGUE"

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.