लेख विवरण

क्याम प्रिमियर लिगः बुद्धभूमि क्रिकेट क्लब विजयी

क्याम प्रिमियर लिगः बुद्धभूमि क्रिकेट क्लब विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा बुद्धभूमि क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिता अन्तर्गत आइतवार भएको दोस्रो खेलमा बुद्धभूमिले आयोजक क्याम युथ क्रिकेट क्लबलाई ६ रनले पराजित गर्यो ।

ब्रेसिंगटन पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुद्धभूमिले १५.३ ओभरमा अल आउट हुँदै ११७ रन बनायो । टोलीका लागि बिजय कट्टेललले सर्वाधिक २५ रनको योगदान दिए । ओपनरद्धय नरेन्द्र चन्द र नितेश थापाले क्रमशः २२ र १६ रन बनाए । कप्तान उमेश राजबंशी १४ रन बनाएर आउट भए । क्याम युथका लागि बलिङमा बिजय डीले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कप्तान मुस्कान पाण्डेले ३ विकेट लिए । नबिन भट्टले २ विकेट लिँदा सुर्दशन थापाको नाममा एक विकेट रह्यो ।

बुद्धभूमिले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा क्याम युथ २० ओभरमा ९ विकेट गुमाउदै १११ रनमा रोकियो । टोलीका लागि बिजयी डीले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६६ रन बनाए । ५८ बल खेल्ने क्रममा उनले ४ चौंका र ५ छक्का प्रहार गरे । रोशन कुँवर १४ रन बनाएर आउट भए । ओपनर सुजित हिरनले १३ रन बनाए । बुद्धभूमिका लागि बलिङमा युवराज मल्लले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्ने क्रममा मात्र १६ रन खर्चिए । सागर शर्मा, बिबेक यादव, बिजय कट्टेल र कप्तान उमेश राजबंशीले समान एक एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा चितवन राइनोज क्रिकेट क्लबले वेस्ट युनाइटेड क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको थियो

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.