लेख विवरण

क्रिकेट अष्ट्रेलियाले बिग ब्यास लिग छोटो बनाउने

क्रिकेट अष्ट्रेलियाले बिग ब्यास लिग छोटो बनाउने

काठमाडौंँ । ब्रोडकास्टर्ससँगको सम्झौतापछि क्रिकेट अष्ट्रेलियाले बिग ब्यास लिग छोटो बनाउने निर्णय गरेको छ । अब बिबीएलमा मा ५६ को सट्टा जम्मा ४० खेल हुनेछन् । योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्नेछन् । यो नयाँ प्रावधान अब हुने प्रतियोगिताबाट लागु हुनेछ ।

बिबीएलको लिग खेलबाहेक फाइनल शृंखला पनि छोटो बनाइनेछ । अब पाँचको सट्टा, चार टोली मात्र अन्तिम सिरिजमा प्रवेश गर्नेछन्। तर, यसको रूपरेखा अझै तय भएको छैन ।

बिबीएलको मिति घोषणा हुन बाँकी छ तर प्रतियोगिता छोटो हुने भएकोले क्रिसमस र स्कूल छुट्टीअवधिमा खेल्न पाइने छ । यसले धेरैजसो खेलमा विदेशी खेलाडीले भाग लिने सम्भावना पनि बढ्नेछ ।

बिबीएलका महाप्रबन्धक एलिस्टेयर डबसनले छोटो प्रतियोगिताले गर्दा हामीलाई क्लब र फ्यानहरूबीच उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने लक्ष्य पुरा हुने बताए । उनले भने, लिगमा हामी सधैं कसरी नयाँ चीजहरू गर्ने र यसलाई अगाडी बढाउने कुरामा लागि रहेका छौं ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.