लेख विवरण

क्रिकेट अस्ट्रेलियासँग माफी माग्दै जस्टिन ल्याङ्गरले भने, 'मैले प्रशिक्षकको रूपमा जे पाएँ त्यसमा गर्व गर्छु....'

क्रिकेट अस्ट्रेलियासँग माफी माग्दै जस्टिन ल्याङ्गरले भने, 'मैले प्रशिक्षकको रूपमा जे पाएँ त्यसमा गर्व गर्छु....'

काठमाडौं । अस्ट्रेलियाली प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल लम्ब्याउने विषयमा बोर्डसँगको विवादका बीच जस्टिन ल्याङ्गरले आफ्नो पदबाट राजीनामा दिएका छन् । ल्याङ्गरले क्रिकेट अष्ट्रेलियासँग माफी पनि मागेको जानकारी आएको छ । उनको कोचिङमा अस्ट्रेलियाले गत वर्षको टी–२० विश्वकप जितेको थियो । 'मैले प्रशिक्षकको रूपमा जे हासिल गरेको छु त्यसमा मलाई गर्व छ, तर केही वरिष्ठ खेलाडी, केही सहयोगी स्टाफ र बोर्डले मलाई समर्थन गरेनन्, त्यसैले मैले राजीनामा दिनु नै उत्तम ठाने,' ल्याङ्गरले अष्ट्रेलियाको अखबारलाई भने।

ल्याङ्गरले भने, 'विगत १२ महिना देखी अष्ट्रेलिया क्रिकेट प्रशिक्षकको रूपमा मेरो भविष्यको बारेमा मिडियामा धेरै अड्कलबाजी गरिएको थियो र जसकारण मेरो परिवारिक जिवनमा ठूलो प्रभाव पारेको छ। मलाई आशा छ कि मैले आफ्नो कार्यकालमा इमानदारीपूर्वक काम गरेको छु।'

उनले थपे, 'मलाई अष्ट्रेलियामा हुने टी–२० विश्वकपको अन्त्यसँगै छोटो अवधिको सम्झौताको प्रस्ताव आएको थियो। राम्ररी सोचविचार गरेपछि मैले यो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छु र अब अष्ट्रेलियाली क्रिकेट टोलीको अर्को रोजाइ हुनेछ।  र यो अध्याय तुरुन्तै सुरु गर्नु नै सबैको हित हुनेछ।'

ल्याङ्गरले भने, 'यदि मिडिया रिपोर्टहरू सही छन् भने, केही वरिष्ठ खेलाडीहरू र केही सपोर्ट स्टाफले मलाई समर्थन गरेनन् र अब सिए बोर्ड र निक हकलाई टोलीका लागि दोस्रो प्रशिक्षक ल्याउने बाटो खुलेको छ । म उनीहरुको निर्णयलाई पनि सम्मान गर्छु। मेरो जीवन इमान्दारिता, सम्मान, विश्वास, सत्यता र कार्यसम्पादनको मूल्यमा आधारित छ र यदि मैले केहि गल्ती गरेको छु भने म माफी चाहन्छु।' अस्ट्रेलियाका पूर्व मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गरले आफ्नो राजीनामामा क्रिकेट अस्ट्रेलियासँग माफी पनि मागेका छन् । अष्ट्रेलियाली पत्रिकाको रिपोर्टमा यसबारे जानकारी दिइएको छ । ल्याङ्गरले अष्ट्रेलियाको प्रशिक्षकका रुपमा आफूले हासिल गरेको उपलब्धिमा गर्व लागेको पनि बताए । तर सिनियर खेलाडी, केही सपोर्ट स्टाफ र बोर्डले साथ दिएनन् भन्दै राजीनामा दिनु उचित ठाने ।

केही दिनको सस्पेन्सपछि ल्याङ्गरले शुक्रबार आफ्नो सम्झौतामा ६ महिनाको म्याद थपिएपछि अस्ट्रेलिया टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

शनिबार, ल्याङ्गर आफ्नो गृहनगर पर्थ पुगेका छन, उनी आफ्नो परिवारसँग भेटनु अघि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नेछन्।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.