क्रिकेट इतिहासकै महँगो ओभर, यी ब्याट्सम्यानले प्रहार गरेका थिए एक ओभरमा ८ छक्का
काठमाडौं । विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा रुतुराज गायकवाडले उत्तर प्रदेशविरुद्धको खेलमा एकै ओभरमा ७ छक्का प्रहार गरी सनसनी मच्चाएका छन । उनले इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका थिए । त्यसअघि सन् २०१८ को फोर्ड ट्रफीमा पनि नर्दन डिस्ट्रिक्ट्सका लागि ब्रेट ह्याम्पटन र जो कार्टरले सेन्ट्रलका विलियम लुडिकको ओभरमा ४३ रन बनाएका थिए। ऋतुराजले प्राप्त गरेको यो उपलब्धिको बिषयमा चर्चा भईरहेको बेला विश्व क्रिकेटमा यसअघि पनि एकै ओभरमा ७ भन्दा बढी अर्थात ८ छक्का प्रहार भएको घटना बाहिरिएको छ ।
सन् १९८९–९० मा एक प्रथम श्रेणीको खेलमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान ली जर्मनले एकै ओभरमा ८ छक्का प्रहार गरेका थिए । वेलिंग्टनका लागि खेल्ने क्रममा उनले क्यान्टरबरीका बलर बर्ट भान्सको स्पेलमा एकै ओभरमा ८ छक्का प्रहार गरेका थिए । भान्सले उक्त ओभरमा २२ बल फालेका थिए, जसमा १७ नो बल भएको थियो। भान्सको त्यो महंगो ओभरमा ली जर्मन एक्लैले ७० रन बनाएका थिए । ओभरमा धेरै बल फालिएपछि अम्पायरले बल काउन्ट गर्न बिर्सेका थिए । र अन्तमा ५ सही बलपछि मात्र ओभर सकेको घोषणा गरिएको थियो । बर्ट भान्सले उक्त ओभरमा कुल ७७ रन खर्चेका थिए ।
वेलिंग्टन शेल ट्रफीको क्रममा क्यान्टरबरी र वेलिंग्टनबीच उक्त खेल खेलिएको थियो । जसमा ली जर्मनले क्यान्टरबरीको लागि दोस्रो इनिङ्समा १६ चौका र ८ छक्का प्रहार गर्दै १४३ बलमा १६० रनको अविजित इनिङ खेलेका थिए। अन्तिम दिनको खेलमा ली जर्मनले बर्ट भान्सविरुद्ध ८ छक्का प्रहार गरेका थिए । क्यान्टरबरीको दोस्रो इनिङ्समा भ्यान्सले एक ओभर मात्र बलिङ गरेका थिए । खेल बराबरीमा सकिएको थियो।
Wellington' Bert Vance conceded 77-run in an over in a #first-class match in #1990. Over: #0444664614106666600401 pic.twitter.com/wIZsSYN3Mm
— Gaurav (@GauravDas) October 27, 2014

टिप्पणी लेख्नुहोस्